पत्रपत्रीकामा प्रकाशित धमिराले क्यान्सरको अौषधी नस्ट भएको भन्ने सम्बन्धि अत्यन्त जरुरि सुचना

पत्रपत्रीकामा प्रकाशित धमिराले क्यान्सरको अौषधी नस्ट भएको भन्ने प्रति तथ्यपुरक अवलोकन गर्दा निम्न अनुसार पाइयो र जनहितमा जारि गरिएको:

  1. खापियर राखिएको 2 कार्टुन मध्य तल्लोमा धमिरा लागेको पाइयो ।
  2. त्यसमा भएको 50 मध्य 26 वट्टामा कम वेसि धमिरा लागेको पाइयो ।
  3. धमिराले कागजले वनेको प्याकिङ मेटेरियल मात्र बिगारेको पाइयो ।
  4. अौषधिको पाता प्लास्टिक ब्लिस्टर प्याकमा आलुमिनियम फोइल कभरमा भएकाले बाहिर केहि धमिलो देखिएपनि क्यासुलमा कुनै असर नपरेको पाइयो ।
  5. अहिले अौषधि स्टिल दराजमा राख्न थालियो ।
  6. अस्पताल परिसर भरि नै धमिरा कन्ट्रोलकालागि यो हप्ता अौषधी प्रयोग गरिने ।

जनहितमा जारि |

Posted Date: 
Saturday, May 5, 2018