निम्न अनूसार लक्षण तथा चिन्ह्र देखिएमा नजिकको स्वास्थ्यकर्मी  वा अस्पतालमा सल्लाह लिनु पर्दछ ।

  • शरीरमा गिर्खा, गाँठगुठीहरू देखिनु ।

  • कोठी र मुसाहरूको रंग बदलिनु वा पहिले भएकाको आकार बढदैजानु वा अन्यत्र फैलिनु ।

  • लामो समय सम्म निको नहुने घाउ हुनु ।

  • खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोत्रो हुनु ।

  • खकारमा रगत देखा पर्नु वा लामो समय सम्म खोकी निको नहुनु ।

  • लामो समय सम्म गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु ।

  • महिनावारी नभएको वेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु ।

  • स्तनमा गाँठगुठीहरूहरू देखिनु, मुन्टोवाट रगत मिसिएको दुध आउनु वा मुन्टो दबिनु ।

  • छोटो समयमै शरीरको वजन धेरै घटनु, रक्तअल्पता देखिनु, ज्वरो आईरहनु ।

  • नाक, मुख र शरीरको छिद्र (Orifices) बाट रगत आउनु ।

  • धेरै दिन सम्म टाउको दुखिरहनु, बान्ता हुनु, रिगंटा लाग्नु, आंखा धमिलो देखिनु वा कम्पन (मृगी) आउनु ।